कविता- खै समान भयाे भन्छन् नारी पुरुषमा !

शुक्रबार, फाल्गुन २४, २०७५



खै समान भयो भन्छन ,नारी पुरुषमा
अझै रोड्मै छौं नारीहरु, तेहि जुलुशमा !

न रोकियो हत्या हिंसा न ,रोकियो बलात्कार
खै कहाँ जाउ नारी सुरक्षित हुन ,अब सरकार !!

दाईजो प्रथा छाउ प्रर्था के को, अन्त्य भाछ र
उस्तै छ परम्परा खै के, सुधार भएकाे छ र ?

आफ्नै छोरी चेलीहरुको बेइज्जत पोल खोल्छन
न्याय दिन्छौ भन्दै तिनै पुरुष ,चोक तिर बोल्छन ।

शहर मै छन नारी हक र ,हितका कुरा हरु
गाउँ मा नि ल्याय हुन्थ्यो, थोरै सुधार बरु

गाउँ गाउँ शहर बाट उठ्नु ,पर्छ नारी
अझै अधिकार को लागि, जुट्नु पर्छ नारी !!!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata