कविता-हाम्रो लिम्पियाधुरा, लिपुलेक र कालापानी

सोमवार, कार्तिक २५, २०७६



अब नेपाल सरकार पनि

जनता जस्तै जाग्नुपर्छ

सबैको हातेमालो लम्ब्याउदै

कालापानी तिर लाग्नुपर्छ

 

अति भयो अब त

हाम्रो भूभागको अतिक्रमण

हे सरकार कहिलेसम्म

सहनु हामीले यो दमन

 

राष्ट्रपति, प्रधानमंत्री अघि लाग

पछि पछि हामी चम्कन्छौँ

गोजीमा कलम हातमा खुकुरी

शक्तिशाली एक भइ लम्कन्छौँ

 

देश बिदेशका संपूर्ण नेपाली

हामीले नेपाल जोगाउनु छ

कसैले टेके जबरजस्ती लुटे

बोलेर लेखेर भगाउनु छ

 

 

सबै दल भएर एक ढिक्का

नेपालको अस्तित्व बचाऔँ

लिम्पियाधुरा, लिपुलेक र कालापानी

आफ्नै सीमामा अहिल्यै फर्काऔँ

 

– राकेश कार्की  (लस एन्जेलस)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata