मन्त्रीमण्डल  हेरफेर हुन्छ

बिहिबार, मंसिर ५, २०७६

- राकेश कार्की - लस एन्जेलस  



जब  विकासमा

एकदम अबेर हुन्छ

तब  मन्त्रीमण्डलमा

हेरफेर हुन्छ

 

सहि बाटो नहिँडी

जब हिँड्ने अटेर हुन्छ

जनतालाई हाउँ गरेर

जब ऊ शेर हुन्छ

डरले करले

जब जनता छेर छेर हुन्छ

तब मन्त्रीमण्डलमा

हेरफेर हुन्छ

 

भोलीलाई पर्सीलाई जोगाउँदा

जब धेर हुन्छ

बोल्ने मात्र तर

नसुन्नेको जेर हुन्छ

तातेकालाई चिस्याउन

जब सारफेर हुन्छ

तब  मन्त्रीमण्डलमा

हेरफेर हुन्छ

 

योजना नबनिकनै

जब सबै खेर हुन्छ

स्वदेशमा काम नपाएर

विदेशिनेको ढेर हुन्छ

कालापानीको नक्शा र

जन-आँसुको हेराहेर हुन्छ

तब  मन्त्रीमण्डलमा

हेरफेर हुन्छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata