कविता-कुकुरको पुच्छर

आइतवार, चैत्र २४, २०७५

- राकेश कार्की लस- एन्जेलस



मान्छेको जात

सुधार्नलाई कति कोशिस गरिन्छ
सानो छउन्जेल
आमा बाबुले
पढ्न थालेपछि
गुरुबा गुरूआमाले
दिइन्छ कति कति शिक्षा
सिकाइन्छ अनुसाशन
ज्ञान गुनका कुराहरु
भाषा र व्याकरण
केमेष्ट्री र फिजिक्सका प्रयोगहरु
कानुनका दफाहरु
काल समयका इतिहास
देश महादेशका भूगोल
ऋषि महाऋषिका महावाणीहरु
अर्ति र उपदेश
बोध गराइन्छ धर्म, रीतिरिवाज, संस्कार
आदि इत्यादी धेरै कोर्स

आफै पनि घुम्छ
देश विदेशका सडक
हवाइजहाजको यात्रा
स्कूल, कलेज, विश्वविद्यालय
ट्रेनिङ, सेमिनार, डिस्कसन
देख्छ, सुन्छ र जान्दछ
अनभिज्ञ कति कुराहरु

अनि जब उ खारिन्छ
तिखारिन्छ, पोख्त हुन्छ
सम्पूर्ण काँचुली फेर्छ
टन्न हावा भरिएको बेलुन झैँ
माथि माथि उड्छ
बिर्सेर आर्जन गरेका सारा गुदि
पोखेर सबै अमृत
केवल बोकेर दिमागमा घमण्ड र रिस
अरुको ईर्षा, निन्दा र बेइज्जति
अल्झिन्छ आफ्नै मात्र स्वार्थमा
आफ्नै मात्र विचारमा
आफ्ना मात्र तौरतरिकामा
झैँ झगडा लडाईमा
बुझेर पनि नबुझेझैँ गर्दै
टोकुला झैँ गर्ने भुकाइहरूमा
अनि यस्तो लाग्छ
“कुकुरको पुच्छर बाह्रवर्ष ढुंग्रोमा राखेपनि जस्ताको तस्तै”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata