गोविन्द लाई बचाऊ यदि उनी मरे भने !

कविता

शनिबार, साउन २८, २०७४

loading...

- हरि थापा



उसलाई बचाउ यदि उनी मरे भने !
रमितेहरुले रमित हेर्ने छन
माफियाहरुले फेरि उस्तै खालको
अभियान थाल्नेछन,
अनि गरिवका छोराछोरीलाई
अवसरबाट बञ्चित गर्नेछन ।।

ह्रार्नेहरुले आँशु पक्कै खसाल्ने छन
ह्रारको आँसुको के मुल्य छ र यहाँ
यदि हुदो हो त यसरी मर्ने बाच्ने,
अवस्थाको सिर्जना हुने थिएन
नागरिकले जानी जानी अकालमा,
आफ्नो प्रिय ज्यान गुमाउनु पर्ने थिएन ।।

वेतिथीले सिमा नाघ्दा नागरिकका सेवकहरु
देश चलाउने ठेकेदारहरु तै चुप मै चुप छन
यदि उनी मरे भने !
जित्नेहरुले शाहस देखाउँदै
त्यो खुसिमा पाँच तारे होटलमा
भव्य पाटी दिने छन
त्यसैले उसलाई जसरी पनि बचाऊ
यदि उनी मरे भने !

एउटा गोविन्दको मृत्युले
कयोैँ बफदार कुत्ता,माफियाहरु जन्मने छन
जनताको सवालमा सधै लड्ने
जनता जनता भन्ने उनै गोविन्दलाई
आज फेरि षडयन्त्र गरिएको छ
उनको शाहस,त्याग माथी लात मारेका छन
उनलाई सिध्याउने रणनिती नभएको हैन
पागल को पोगरी पनि नभिराएको हैन
त्यसैले उसलाई जसरी पनि बचाऊ
यदि उनी मरे भने !

अरुको जिउको कपडा उत्तारदै,
आफ्नो जिउ ढाक्ने प्रवृति भएकाले
सधै गोविन्दलाई पागल देख्छन
किनकी उनी सत्यको बाटोमा छन
सत्यको बाटो अगाल्नेहरु केहि मात्र छन
ति बाहेक सबैले मृत्युको कामना गर्छन
गोविन्दलाई भर्याङ बनाई माथी पुग्नेहरु
उनका भावना र विचार बुझ्नेहरु
अनि जायज माग हो भनि भगवान झै पुज्नेहरु
आज फेरि उनी माथी किन षडयन्त्र गरियो ।।

गोविन्दले घातीहरुलाई विश्वास गरेछन
नागरिकको आँटमा ईटा थप्ने काम गरेका छन
घातकहरु,शासकहरु,माफियाहरु
सलबलाएका छन आँ गरेर बसेका छन
गोविन्दको मृत्यु कुरेर बसेका छन ।।
त्यसैले जसरी पनि उसलाई बचाऊ
यदि उनी मरे भने !

अन्तिम निष्कर्ष यहि हो सत्यको जित हुन्छ
अन्तिम चुनोैती पहिल्याउन पर्ने भएको छ
उसलाई जसरी पनि बचाउन पर्छ
यदि उनी मरे भने !

मृत्यु कुर्नेहरु रमाउनेछन
पाँच तारे होटलमा ठुलो बहस गर्नेछन
पचिसकेको लाजलाई छोप्दै
उनको लासलाई पनि छुने छन उठाउने छन
प्रहार गर्नेछन र खरानी बनाउनेछन
त्यसैले जसरी पनि उसलाई बचाऊ
यदि उनी मरे भने !

333 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank