‘एकात्म’ लोकर्पित

आइतवार, फाल्गुन १, २०७३

loading...


काठमाडौँ । आठ कविको एउटै कवितासङ्ग्रह ‘एकात्म’ पाठकमाझ शनिबार आएको छ । कृतिमा सङ्खुवासभा, उदयपुर, दाङ, रोल्पा र दोलखासम्मका कवि उज्ज्वल ढुङ्गाना, कुशल सुमन, विष्णु सन्न्यास, बुीद्ध कट्टेल, नवीन अभिलाषी, पार्थक्य हृदय, सिजन श्रेष्ठ र प्रशन्न घिमिरेका कविता सङ्गृहीत छन् ।

‘संयम किनारा’ संस्था र ‘नेपाल बुक्स’ले सोे कवितासङ्ग्रह प्रकाशनमा ल्याएका हुन् । सो अवसरमा साहित्यकार केशव सिग्देलले धैरै कवि नयाँ भए पनि सङ्ग्रहमा अत्यन्तै मीठा र कलात्मक पक्षले अत्यन्त अब्बल कविता रहेको तथा विचारलाई कसरी कविता बनाउने भन्नेमा कविहरूको दक्षता प्रखर देखिएको बताउ ।

बुक होलिक्सका सगुना शाहले कवितामा रुवाबासी, गाली अनि अव्यवस्था आइरहेका समयमा नयाँ कविहरूले कतै जीवन, समाज अनि सम्बन्धमा लुकेर बसेका, अनि समयको दौडमा छुटेर गएका मीठा कुरालाई पनि ल्याइदिएका बताइन् ।

रङ्गकर्मी राजन खतिवडाले नाटकमा पनि कविता प्रयोग हुन सक्ने बताउँदै नाटक गर्नेले अनि लेख्नेले पनि कविता ग्रहण गर्नुपर्ने सुझाव दिए ।

647 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv