कविता-अहिले किन चुप छ !

आइतवार, माघ ६, २०७५

- राकेश कार्की(लस एन्जेलस)



पहिले अर्कै रुप थियो

अहिले अर्कै रूप छ
यो गर्छु उ गर्छु भन्ने मन्त्री
अहिले किन चुप छ

किन हो किन हो मन्त्रीज्यूले
बोल्नै छोड्नु भयो
भाषण गरिरहने मुख
खोल्नै छोड्नु भयो

बोल्नै नहुने हो कि
हजूर माथी अर्को तुरूप छ
देश र जनताको हित गर्नेलाई पो
फूलको माला र धूप छ

भाषणमा मिठै भाषा छ
डोजर लाउदा जुन आशा छ
खाल्डा खुल्डी जस्ताको त्यस्तै
भत्काएर छोड्दा निराशा छ

कतै पत्रकार कुटिएका छन्
कतै चेली लुटिएका छन्
राजनीतिक दलको आड नहुने
फूल उठेको मकै झैँ भुटिएका छन्

कतिन्जेललाई छिमेकीले
बिजुली बत्ती बालीदिन्छ
परिक्षण गर्न ब्याट्री अनेक
हाम्रै भुमीमा हालीदिन्छ

जे जति मिल्यो सम्पूर्ण
घेरा भित्र हुनेलाई
सच्चा कार्यकर्ताको उजाड मन
गरीबी र दुस्खले रूनेलाई

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata