कविता- बढ्दै छ कोरोनाको पद चाप

सोमवार, असार १, २०७७

- शिला उपाध्याय



बढ्दै छ कोरोनाको पद चाप

मर्दै छन् मानिस हेर दिनदिनै
खै के गर्ने गर्ने ? भनिरेछन
अहिले मानिसहरू दिनदिनै

निस्कियो,
देशभित्रै भन्छन्
कोरोनाको औषधी,
प्रयोगशालामा लगी
गरौँला है यसको विधि

परदेशको मात्रै
हामी भर नपरौँ
आत्मा निरभर बन्न
अहिले नै सिकौँ
बिस पुग्ने भए मर्ने
सक्रमितहरू छ हजार
पो पुग्न आँटे त !

हेर,
भोलिका दिन कस्ता हुने हुन
सरकारले बेलैमा होस गर्ने
क्षण आएन र अहिले ?
सरकारले जनताले
सहयोग नगरे
कोरोनासँग लड्न त
गाह्रो हुने छ

आफ्नै देशमा निकाल्यौँ
औषधी भन्नेहरूका
औषधी प्रयोगशालामा
लगी गर्नु पर्छ है परीक्षण
परीक्षण सकारात्मक देखिए
स्वदेशले विदेशमा निर्यात
गर्नुपर्नेछ औषधी

स्वदेशमै लगानी
बढाउन पर्छ है अब
आत्म निर्भर हुनु पर्दछ
स्वरोजगार हुने
वातावरण बनाउनु
पर्छ है अब

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments