कविता-आफैँले आँखाले नदेखेसम्म रे का कुरा मान्दिन म

बिहिबार, जेष्ठ २२, २०७७

- -शिला उपाध्याय



भौतिक विज्ञानमा लिप्त छु म

आफैँले आँखाले नदेखेसम्म
रे का कुरा मान्दिन म

उमेर छदा भौतिक विज्ञानलाई
मेरो प्रिय शास्त्र ठान्छु म
यही शास्त्रका कारण घमन्डी
पनि बन्छु म

चित्त नबुझ्ने बित्तिकै
आक्रोशित बन्ने म
देह त्यागको समयमा
माओत्सेतुङ र काल मास्क
भन्न छोड्छु म

अन्तिम समयमा
नबुझे,नदेखेको
त्यही अध्यात्मलाई
सत्य मान्छु म

यसो भन्दै गर्दा
भौतिक विज्ञानलाई
उपेक्षा पनि गर्दिन म
भौतिक र अध्यात्मवाद
सगसगै बुझ्नु पर्छ भनेर ठान्छु म

देह त्यागको त्यो अन्तिम क्षणमा
जानी,नजानी गरेका
पाप सुपिन
पुन : नारायण ! नारायण !
भन्दै तिनै निराकार,निरञ्जनको
नाममा लिन हुन्छु म

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments