भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री (लाइभ हेर्नुहोस्)

मङ्लबार, चैत्र २०, २०७४



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भारतको तीनदिने राजकीय भ्रमणका बारेमा संसदलाई जानकारी गराउँदैछन् । जारी प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीले संबोधन गर्दैछन् । प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नेबारे राष्ट्रपतिको पत्र सरकारमार्फत संसद्मा आउनुपर्ने बताए । उनले भने, ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ ।

सो पत्र सरकारले संसद्मा ल्याएपछि मात्रै संसद्को अधिवेशन अन्त्य हुन्छ ।’ राष्ट्रपतिको पत्र प्राप्त भएकै दिन संसद्को अधिवेशन अन्त्य हुन सक्ने सचिवालयले जनाएको छ ।

लाइभ हेर्नुहोस्  

92 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank