बडीमालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु, ३२१ जनाले रोजगार पाए

बुधबार, असार ४, २०७६

- मदन जोशी



बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ ।

कार्यक्रमकाे शुभारम्भसँगै नगरपालिकाका ३ सय २१ जनाले रोजगार पाउने भएका छन् । प्रधानमन्त्री राेजगार कार्यक्रमकाे एक कार्यक्रमकाबीच नगरप्रमुख पदम बडुवालले उद्घाटन  गरे ।

कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिकाका ३ सय २१ जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको बडीमालिका नगरपालिका रोजगार संयोजक प्रमिला थापाले जानकारी दिएकी छन् ।

नगरपालिका भित्र रहेका शिक्षण संस्था निमार्णदेखि गोरेटो बाटो निमार्णमा ३ सय २१ जना कामदारलाई १ महिने रोजगारी दिएको छ । यस्तै शिक्षण देखी गोरेटो बाटो लगायत नगरपालिकाका १६ ओटा योजना छनौट गरिएको संयोजक थापाले बताइन । नगरपालिका भित्र रहेका १६ ओटा योजनामा समय कम भएकोले १५ दिनमा काम सक्नुपर्ने र साउनबाट फेरी नयाँ योजना छनौट गरी कार्यक्रमलाइ निरन्तरता दिने रोजगार संयोजक थापाको भनाइ रहेको छ ।

रोजगारीमा नगरपालिकाले अति विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई छनोट गरी रोजगारी दिईएको नगर प्रमुख पदम बडुवालले बताएका छन् । नगरपालिकाका सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

नगरपालिकाले वडा न १ मा ३८ जना, वडा न २ मा ५० जना, वडा न ३ मा २१ जना, वडा न ४ मा २४ वडा न ५ मा ४३ जना, वडा न ६ मा ३० जना वडा न ७ मा ४२ जना वडा न ८ मा १८ जना र वडा न ९ मा ५० जना गरी ३ सय २१ जनाले रोजगार कार्यक्रममा सहभागी भएका छन् । नगरपालिका भरी २ हजार ३ सय २८ जनाले रोजगार कार्यक्रमको फारम भरेको भए पनि ३ सय २१ जना रोजगारका लागि छनौट भएका छन ।

रोजगार पाएपछि बेरोजगार रहेका युवाहरु भन्छन् भारतका बिभिन्न शहरमा कामको शिलशिलामा जाने गथ्यौँ प्रधानमन्त्री रोजगार कार्यक्रमले आफुहरुलाई केही राहात पुगेकोबडीमालिका नगरपालिका वडा न–७ रजातोलीका देबीलाल पाध्यायले बताए । आफु विगत लामो समयदेखी भारतमा बस्दैँ आएको थिए गाउँमा काम पाउँदा निकै हर्षित भएको छु पाध्यायले भने ।

आफुहरु जस्तै धेरै बेरोजगार युवालाई सरकारले यसरी नै गाउँघरमै रोजगारी सिर्जना गरिदिए भारतका बिभिन्न शहर धाउँनुपर्ने बाध्यता हट्ने सोही बडीमालिका नगरपालिका वडा ९ का अर्का युवा दलबहादुर नेपालीले बताए । कार्यक्रमले युवाहरु बढी उत्साहित भएका छन् । बेरोजगार भएर बस्नुपर्ने आफुहरुको बाध्यता केहीँ समयका लागि भएपनि टर्ने भएपछि स्थानीय युवाहरु हर्षित भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata