उपचारका लागि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने

बुधबार, भदौ ४, २०७६



प्रधानमन्त्री केपी शर्मा ओली आउँदो बिहीबार उपचारका लागि पुनः सिंगापुर जाने भएका छन्। सत्तारुढ नेकपाका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठका अनुसार चिकित्सकसँग परामर्श गरेपछि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने कार्यक्रम तय भएको हो ।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसै क्रममा साउन १८ गते सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएर २७ गते उनी स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री ओलीले भने आफू स्वस्थ रहेको बताउँदै आएका छन् । मंगलरबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata