प्रधानमन्त्री ओलीले भोलि ११ बजे देशवासीलाई सम्बोधन गर्ने

सोमवार, चैत्र २४, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले भोलि बिहान ११ बजे सम्बोधन गर्ने कार्यसूची तय गरेको स्रोतले जानकारी दियो ।

“सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा जानकारी गराउनुभएको थियो । सम्भवतः भोलि ११ बजे सम्बोधन गर्नुहुन्छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा निर्णय गर्नुपरेन, बैठकलाई अवगत मात्रै गराए पुगिहाल्यो” स्रोतले भन्यो ।

आज बसेको मन्त्री परिषदको बैठकले तेस्रो चरणको बन्दाबन्दीको घोषणा गरेको छ । बन्दाबन्दीको प्रत्यक्ष असर पुर्याएकाहरूलाई सरकारले राहतको प्याकेजको पनि घोषणा गरेको छ ।

कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले सरकारको तयारीको बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बुझिएको छ । त्यसबाहेक सरकारले थप राहतका कार्यक्रम ल्याउन सक्ने पनि स्रोतले जानकारी दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments