प्रधानमन्त्रीले पाएको पुरस्कारबाट विशेष कोष

बुधबार, मंसिर १९, २०७५



काठमाडौं  । विवादास्पद कार्यक्रमबाट पाएको पुरस्कारबाट प्रधानमन्त्रीले विशेष कोष बनाउने भएका छन् । सरकारले प्रधानमन्त्री केपी ओलीलाई प्राप्त एक लाख अमेरिकी डलर राशिको पुरस्कारमा त्यति नै रकम थपेर कोष खडा गर्न लागेका हुन।

त्यो कोषबाट युवा तथा बालबालिकाको हितका लागि काम गगरिने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । ‘कोषमा प्रधानमन्त्रीले पाएको एक लाख डलर पुरस्कार रकम राखिनेछ ।

इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा एसिया प्यासिफिक समिटको समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ दिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank