पूर्व प्रधानमन्त्रीहरुलाई बालुवाटारमा बोलाए प्रधानमन्त्री ओलीले

मङ्लबार, बैशाख २५, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दैछन् । सरकारले बनाइरहेको योजना, नीति तथा कार्यक्रममा थप सुझाव माग्न उनले सबै पूर्व प्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् । पूर्व प्रधानमन्त्रीसँग छलफल गर्नुअघि उनले छलफल गर्ने विषयको खेस्रा तयार गर्न अर्थमन्त्री डा युवराज खतिवडालाई निर्देशन दिएका छन् ।

दिउँसो हुने छलफलमा सरकारले ल्याउने लागेको कार्यक्रमका विषयमा जानकारी गराएपछि त्यसमा ओलीले थप सुझाव माग्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र त्यस क्रममा उठाउने एजेण्डाका विषयमा पनि प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सुझाव माग्ने उनको निजी सचिवालयले बताएको छ ।

‘प्रधानमन्त्रीले सरकार कसरी अगाडी बढ्दैछ भन्ने समेत पूर्व प्रधानमन्त्रीहरुलाई जानकारी गरानुहुनेछ’ उनको सचिवालयका एक अधिकारीले भने, ‘मुख्यतया सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा सुझाव मागिनेछ । ’ सरकारले २ जेठमा नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

आर्थिक वर्ष ०७५÷७६ को बजेट ल्याउनुपूर्व सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । सत्तारूढ नेकपा एमाले र माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनका वेला जारी गरेको सयुक्त घोषणापत्रअनुसार नै नीति तथा कार्यक्रम ल्याउन लागेका हुन् ।

151 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank