प्रधानमन्त्री ओली नयाँदिल्लीमा

शुक्रबार, चैत्र २३, २०७४



नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका छन् ।

उनलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरेका थिए ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत पुगेका थिए ।

155 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank