प्रधानमन्त्रीको स्वास्थ्यः आघा घन्टा कुर्सीमा बस्नुका साथै कालो चिया पिए

बिहिबार, मंसिर १२, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखीय सुधार आएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा  गएराति थप सुधार आएपछि आज ठोस खाना खुवाएर केहीबेर हिँडाउने तयारी गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ  ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । उनका अनुसार ओलीले बुधबार करिव आघा घन्टा कुर्सीमा बस्नुका साथै कालो चिया पिएका थिए ।

प्रधानमन्त्री ओलीलाई आईसीयूमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ । उनको अस्पताल बसाई ८/१० दिन भन्दा लामो हुनसक्छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिसको अप्रेसन गरिएका विरामीलाई सामान्यत ८/१० अस्पतालमा राखिनेछ ।

नेताहरुलाई समेत प्रधानमन्त्री ओलीसँग भेट गर्न दिइएको छैन । बुधबार दिउँसो अस्पताल पुगेका विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत भेट्न पाएनन् । सेन्टर पुगेका उनले उपचारमा संलग्न चिकित्सकहरु र प्रमुख सल्लाहकार विष्णु रिमाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या बढेपछि बुधबार नै डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मंगलबार नै अपरेशन गरिएको थियो । त्यसअघि आइतबारमात्र ग्रान्डी अस्पतालमा उनको चौथो पटक डायलासिस गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata