प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य सुधार, भेन्टिलेटर हटाइयो

बुधबार, मंसिर ११, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । उनको स्वास्थ्य अवस्था आज(बुधबार) मंगलबारको भन्दा सुधार हुँदै गएको हो ।  बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा  एपेन्डिसाइटिसको अपरेशन गरिएपछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बुधबार सामान्य सुधार देखिएको छ भने भेन्टिलेटर समेत हटाइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।’

मंगलबार पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीलाई बोल्न र अरुसँग भेट गर्न दिइएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata