५४ सदस्यीय टोलीसहित प्रधानमन्त्री ओली भारत प्रस्थान

शुक्रबार, चैत्र २३, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलसहित नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओली भारत प्रस्तान गरेका हुन्। शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् ।

प्रधानमनत्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank