प्रधानमन्त्री ओली आज अमेरिका जादै,११ दिन मुलुक बाहिर

शनिबार, अशोज ६, २०७५



काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेका छन् ।
असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने महासभामा प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्न कार्यक्रम छ । उनले सोही दिन युएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम समेत छ ।

महासभामा भाग लिनु अघि प्रधानमन्त्री ओलीले सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’लाई सम्वोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली तथा उनकी धर्मपत्नी राधिका शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधामन्त्री ओलीले असोज ९ मा नै महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओली असोज १३ गते दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट कोस्टारिकाको सानहोजेतर्फ प्रस्थान गर्ने कार्य तालिका छ ।

प्रधामन्त्री ओलीले सानहोजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री असोज १७ गते बुधबार काठमाडौँका फर्किनेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata