प्रधानमन्त्री ओली अब ‘डाक्टर’ पनि !

आइतवार, चैत्र २५, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टरको उपाधि पाएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यावारिधिको उपाधि दिईएको छ । ओलीाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको हो ।

Oli_inda_5NiRXROSVNप्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाउएका हुन् ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई ‘डक्टर अफ साइन्स’को मानार्थ उपाधि प्रदान गरेको हो । यसअघि ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो।

सो अवसरमा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणमार्फत भारतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको विश्वविद्यालयसँग नेपालले सहकार्य गरेर अगाडि बढ्ने बताए। नेपालका ७० प्रतिशत जनता कृषिमा आश्रित भएको बताउँदैै उनले भने, ‘यस विश्वविद्यालयका वैज्ञानिकसँग सहकार्य गरेर नेपालको परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्नेछौंँ, त्यसका लागि हामी मिलेर काम गर्न चाहन्छौंँ ।’

प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रूद्राक्षको विरुवा रोपेका छन्। प्रधानमन्त्री ओलीको स्वागतमा त्यहाँका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

pm oli

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank