प्रधानमन्त्री केपी ओली अस्पतालबाट निवास फर्के

शुक्रबार, कार्तिक १६, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । पाँच दिन अस्पताल बसाइपछि उनी शुक्रबार साँझ निवास फर्केका छन् । उनी शुक्रबार साँझ ७ बजेर ३५ मिनेटमा अस्पतालबाट डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई गत सोमबार राति फोक्सोको संक्रमणले गर्दा सास फेर्न असजिलो भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

उनलाई सोमबार बिहान ४ बजेर ३० मिनेटमा सेन्टरको कोरोनरी केयर युनिट (सीसीयु) विशेष क्याविनमा भर्ना गरिएको थियो। दुईदिन उनी निवासमा आराम गर्ने र त्यसपछि काममा फर्किने उनको सचिवालयले जनाएको छ । ६७ वर्षीय प्रधानमन्त्रीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण भएको थियो।

डिस्चार्जका क्रममा उनले अस्पताल बाहिर भेला भएका शुभचिन्तकलाई मुस्कानसहित हात हल्लाएर अभिवादन गरेका थिए ।

फेरिएको मृगौलाको आयु कति हुन्छ ? 

177 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank