प्रधानमन्त्रीलाई ओलीलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी !

मङ्लबार, मंसिर १८, २०७५



काठमाडौं । अधिवक्ता भुपेन्द्रप्रसाद पोखरे मंगलबार एउटा जाहेरी बोकेर काठमाडौं प्रहरी परिसर, टेकु पुगे । उनको जाहेरी प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पक्राउ गरि कारबाहीको माग गरिएको जाहेरी प्रहरीले भने दर्ता गर्न अस्वीकार गरेको छ। धर्म परिवर्तनको उद्योग कसुर अन्तर्गत कारबाहीको माग गर्दै अधिवक्ता पोखरेलले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको हो।

शनिबार सकिएको एसिया प्यासिफिक समिटमा नेपाली जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं बाध्य पार्ने किसिमको गतिविधि प्रधानमन्त्री ओलीले गरेको भन्दै उनले जाहेरी दिएका थिए।

अधिवक्ता पोखरेल संविधानले कुनै पनि धर्म परिवर्तन गराउन नपाउने व्यवस्थाविपरीत प्रधानमन्त्रीले कार्य गरेको दावीसहित जाहेरी दर्खास्त दिन काठमाडौं प्रहरी परिसर, टेकु पुगेका थिए। तर, यस्तो जाहेरी लिई अनुसन्धान नहुने भन्दै फर्काएको उनले बताए।

अपराध ९संहिता० ऐन २०७४ को दफा १५८ को १, २ विपरीत धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भई विवादित संस्था युपिएफको अवार्ड वा उपहार, तक्मा दिने कार्य संविधानको धारा २७७ विपरीत भएको दावी जाहेरीमा गरेका छन्।

293 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank