कर प्रणालीप्रति सकारात्मक धारणा नहुँदासम्म राष्ट्र निर्माणको अभियानले गति लिन सक्दैन: प्रधानमन्त्री ओली

शनिबार, मंसिर १, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर प्रणालीप्रति आम मानिसको धारणा सकारात्मक नहुँदा सम्म राष्ट्र निर्माणको महान अभियानले गति लिन नसक्ने बताएका छन् ।

शनिवार सातौं राष्ट्रिय कर दिवसको अबसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कर तिर्ने कुरामा नागरिकहरु आफैंले जागरुक हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले राजश्व संकलनको उत्साहजनक क्रमले अझै गति पाउने र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा संकल्प अवश्य पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनले राजश्व संकलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सरकार लागिरहेको उल्लेख गरेका छन् । शुभकामना सन्देशमा चालू आर्थिक वर्ष २०७५—७६ को असोज महिनासम्म राजश्व संकलनमा ९४ प्रतिशत उपलब्धी हासिल भइसकेको र सोही अवधिमा राजश्व संकलनमा झण्डै २६ प्रतिशतले वृद्धि भएको उल्लेख गरे ।

उनले समाजवादउन्मुख समृद्ध अर्थव्यवस्थाको निर्माणका लागि आन्तरिक राजश्वको परिचालन थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank