प्रधानमन्त्री ओली अझै केही दिन आराममै

मङ्लबार, कार्तिक २०, २०७५



काठमाडौं  । पाँच दिनको अस्पताल बसाइपछि फर्केका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भए पनि अझै केही दिन सार्वजनिक कार्यक्रममा नजाने भएका छन् । उनले अहिले अत्यावश्यक काम प्रधानमन्त्री निवास बालुवाटारबाटै गरिरहेका छन् । नियमित भेटघाट कम गरेका छन् । ‘अझै केही दिन निवासमै आराम गर्नुहुन्छ, तत्काल सार्वजनिक कार्यक्रममा जानुहुन्न,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘महत्वपूर्ण काम निवासबाटै गरिराख्नुभएको छ ।’

हस्ताक्षर गर्नुपर्ने फाइलहरु निवासमै मगाउने गरिएको छ । प्रधानमन्त्री ओली अघिल्लो शनिबार पार्टीको चियापान कार्यक्रममा गएका थिएनन् । सोमबार उपराष्ट्रपतिले आयोजना गरेको चियापानमा पनि सहभागी भएनन् । –कान्तिपुर दैनिकबाट

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank