प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गर्ने अस्पतालको तयारी

बिहिबार, कार्तिक १५, २०७५



काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गत सोमवार देखी उपचारार्थ रहेका प्रधानमन्त्री केपी शर्मा अ‍ेलीको आज अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।
उनको स्वास्थ्यमा उल्लेखनिय सुधार आईसकेकाले उनलाई डिस्चार्ज गर्ने तयारी गरेको प्रधानमन्त्रीको उपचारमा संग्लग्न चिकित्सकहरुले जनाएका छन् ।

शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचार गराइरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ र अस्पतालबाट डिस्चार्ज गरी निवासमै आराम गराउने तयारी चिकित्सकले गरेका छन् ।

प्रधानमन्त्रीको उपचारमा संग्लग्न  प्राध्यापक डाक्टर अरुण सायमी, प्राध्यापक डाक्टर दिब्या सिंह र डाक्टर सन्तकुमार दास रहेका छन् । अहिले प्रधानमन्त्रीलाई निको भइसकेको र नियमित खान पान सुरु गरिसकेको  चिकित्सकले जनाएका  छन् ।

उनलाई एक साता भिडभाडमा नजान चिकित्सकहरुले सल्लाह रहेकाे छ ।

अस्पतालले प्रधानमन्त्री अाेलीकाे स्वास्थ्य स्थितीबारे जारी गरेकाे विज्ञप्ति

bigepti

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank