प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदैं

सोमवार, कार्तिक १२, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल भर्ना भएका छन् । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
उनको स्वास्थ्य अवस्थाबारे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पत्रकार सम्मेलन गरि उनको अबस्था बारे जानकारी गराएकाे छ ।

प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । उनलाई आज बिहान ४ बजे शिक्षण अस्पताल महाराजगञ्ज आइसियुमा भर्ना गरिएको थियो । उनकाे स्वास्थ्यमा क्रमिक सुधार हुँदै गर्इरहेकाे अस्पतातले जनाएकाे छ ।

उनको स्वास्थ्यबारे जानकारी लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा महासचिव विष्णु पौडेल, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेता कार्यकर्ता अस्पताल पुगेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितीवारे जारी गरेको विज्ञप्ती जस्ताको तस्तै

press reeles

याे पनि पढ्नुहाेस

प्रधानमन्त्री ओली आकस्मिक रुपमा अस्पताल भर्ना

222 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank