प्रधानमन्त्री ओली आकस्मिक रुपमा अस्पताल भर्ना

सोमवार, कार्तिक १२, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल भर्ना भएका छन् । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । आकस्मिक रुपमा उनलाई बिहान ४ बजे शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए । प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो ।

शनिबार नेकपाले आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । आइतबार बालुवाटारमा नै मन्त्रिपरिषद बैठक बोलाइएको थियो ।

428 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank