पार्टी एकता मात्रै होइन भबिष्यको घोषणा पनि हो: प्रधानमन्त्री ओली

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडा‌ै‌ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतासँगै नेपालको भबिष्यको घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले एमाले र माओवादीको एकता दुई पार्टीको एकता मात्र नभई नेपाल कता जान्छ भन्ने घोषणा समेत भएको दावी गरे ।

मदन आश्रित स्मृति दिवसको अवसरमा बिहीबार बल्खुमा आयोजित कार्यक्रममा ओलीले सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘हाम्रो एकताले नेपालको राजनीति, वर्तमान र भविश्यलाई दूरगामी प्रभाव पार्नेछ । यो पार्टी एकता मात्रै होइन भबिष्यको घोषणा पनि हो । ’ नेपालको भविष्यको संकेतको रुपमा पार्टी एकता गर्ने दावी गरे । अब शक्तिशाली पार्टी बनेर शासन होइन, जनताको सेवा गर्ने बताए । कम्युनिस्टहरू फुट्न जान्छन, मिल्न जाँन्दैनन् भन्ने आरोप अब सकिएको र कम्युनिस्टहरूले फुट्न बिर्सिएको र मिल्न मात्र जान्ने बताए ।

कांग्रेसलाई साथ लैजाने

नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी पार्टी नभएको बताए् । उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र रहेकोले उसलाई पनि साथ लिएर जाने बताए

मदन–आश्रितलाई श्रद्धान्जली मन्तव्य दिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन–आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताए । दाहालले मदन–आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी समेत गराए ।

190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank