छिट्टै चीन भ्रमणमा जादैछु : प्रधानमन्त्री ओली

आइतवार, बैशाख ३०, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदका दुबै सदनलाई आईतबार सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको नेपालको राजकीय भ्रमणका विषयमा जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो निमन्त्रणमा यही बैशाख २८ र २९ गते दुई दिने राजकीय भ्रमण आएका मोदी प्रति धन्यवाद दिंदै यस पटकको भारतीय समकक्षी मोदीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप उचाईमा पु¥याएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले आईतबारको सम्बोधनको क्रममा अब आफू छिट्टै चिन भ्रमणमा समेत जान लागेको जानकारी समेत संसदलाई जानकारी दिए ।

प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको आइतबारको बैठकको शुरुमै सार्वजनिक महत्वको विषयमा वक्तव्य दिंदै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका विषयमा सदनलाई जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले मोदीको भ्रमण पूर्व आफूले परराष्ट्र विज्ञ तथा बुद्धिजीवीहरुसँग समेत पर्याप्त छलफल गरेको र सबैले विगतको जस्तो कमीकमजोरी नगरी राष्ट्रीय हितलाई मध्यनगर गरेर सन्धी–सम्झौताहरु गर्न सुझाएको जानकारी दिंदै सजगता र खबरदारी गर्ने आमसंचार लगायत सम्पूर्ण जनातलाई देखाएको राष्ट्रभक्ती प्रति विशेष धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले झण्डै एक घण्टा लामो आफ्नो सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण जनकपुरबाट शुरु भएको र त्यहाँस्थित राजजानकी मन्दिरमा संयुक्त पुजा अर्चना भएको, त्यस लगत्तै उनको बाह्र बिगाह रंगभूमिमा जनकपुर नगरपालिकाले विशेष अभिनन्द गरेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनको क्रममा त्यहाँका मुख्यमन्त्रीले नेपालको परराष्ट्र नीति, कूटनीतिक मर्यादा तथा राष्ट्रिय मर्यादामा समेत आँच पुग्ने गरी व्यक्त गरेको अभिव्यक्ति प्रति कडा आपत्ति समेत जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रमणका बेलामा दुबै देशका प्रधानमन्त्रीले रामायण सर्किटको सुभारम्भ गर्नुका साथै जनकपुर–अयोध्या सीधा बससेवा समेत प्रारम्भ गरिएको र यस प्रति जनकपुरबासीको सकारात्मक चासो र रुची रहेको बताउँदै मोदीले काठमाडौं आए पछि राष्ट्रपति, उपराष्ट्र, विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेको तथा उनको सम्मानमा रात्री भोजको आयोजना समेत गरिएको सम्झना गरे ।

नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई एउटा नयाँ उचाईमा पु¥याउने, पुराना मान्यता र सोच भन्दा अन्त्यन्त भिन्न, दुई सार्वभौम सत्ता सम्पन्न राष्ट्रहरु, एक अर्काका आन्तरिक मामिलामा हस्तक्षेप नहुने, भौगोलिक अखण्डतालाई सम्मान गर्ने र दुबै देशका राष्ट्रिय हितलाई यथोचित ढंगले सम्मान गर्ने विषयहरुमा मोदी र आफ्नो एक्ला एक्लै तथा सामुहिक रुपमा समेत कुराकानीका पर्याप्त छलफल भएको र सो

कुरा १६ बुँदे संयुक्त वक्तव्यमा आइसकेको पनि प्रधानमन्त्री ओलीले सदनलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले नेपाल–भारतीबीच विगतमा भएका कतिपय सहमति र सम्झौता कार्यान्वयनमा भैरहेको ढिलाईलाई मध्यनजर गर्दै अबका दिनमा हुने सम्झौताहरुलाई समय सिमा तोकेर नै पुरा गरिने विषयमा छलफल भएको जानकारी दिंदै भ्रमणका क्रममा काठमाडौं–रक्सौल रेल्वे निर्माणका लागि दुबै देशका प्राविधिकहरुको एउटा कार्यदल बनाएर पहिले सर्वे गरिने र सम्झौता पत्रमा छिट्टै हस्ताक्षर गरिने र सो रेल्वे भारतकै खर्चमा निर्माण हुने समेत प्रष्टयाएका छन् ।

नेपाल र भारतबीच विद्यमान असाधारण व्यापार असन्तुलनलाई कुन–कुन तरिकाबाट हल गर्न सकिन्छ तथा नेपाली उत्पादको भारतीय बजारमा प्रवेशका लागि गर्नु पर्ने प्राविधिक विषयमा समेत अध्ययन गरिने विषयमा मोदी र आफ्नो छलफल भएको जानकारी दिंदै प्रधानमन्त्री ओलीले आगामी ३ बर्षभित्रमा व्यापार लगानीको मूल्यांकन गरी भारतीय व्यापारमा नेपाली उत्पादन बढाउने बारे सहमति भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालललाई थप चारवटा एयर रुटको आवश्यकता रहेको र सो रुट प्रदान गर्न भारतीय समकक्षीसँग आग्रह गरिएकोमा यस विषय दुबै देशका प्राविधिकहरु अध्ययन गरी आगामी सेप्टेम्बरभित्रमा उक्त विषयलाई पनि टुंगोमा पु¥याइने समेत सहमति भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल–भारत सिमानामा बाटो बनाउने नाममा बाँध बाँध्ने जस्ता नाममा नेपालको जमिन डुवानमा पर्ने गरेकाले यस विषयमा समेत आफूले कुरा उठाएको र यस विषयमा अध्ययन गरी के–के गर्न सकिन्छ त्यो आफू गर्न तयार रहेको पनि भारतीय प्रधानमन्त्री मोदीले आश्वासन दिएको पनि सदनलाई जानकारी गराउँदै नेपाल सानो मुलुक भन्दैमा कसैको हेपाई सहनु पर्ने अब विगतको बाध्यता नरहेको र जायज कुरा नेपालले निर्वादरुपमा राख्ने परम्परालाई समेत अब शुरुवात् गरिएको पनि स्पष्ट पारेका छन्

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा सन् २०१४ मा नै गरिएको नेपाल–भारत ऊर्जा सम्झौतालाई नै अगाडि बढाउने, पुराना सन्धी–सम्झौताहरुलाई पुनरावलोकन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई पुरा गर्ने, महाकाली नदिमा ३ वटा पूल निर्माण गर्ने महेन्द्रनगरमा ४ लेन सडक निर्माण भए लगत्त भारत तर्पmको राजमार्गलाई जोड्ने लगायत विषयमा समेत सहमती भएको पनि सदनलाई जानकारी दिएका छन् ।

मोदीको भ्रमणका क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको पनि शिलान्यास गरिएको र ९०० मेगावाट क्षमताको सो परियोजनलाई आगामी ५ वर्ष भित्र सम्पन्न गरि अन्तरदेशीय ट्रान्समिशनलाई लाईनमा समेत जोडिसक्ने पनि सहमती भएको प्रधानमन्त्री ओलीले बताए । प्रम ओलीले सन् १९५० मा भएको नेपाल भारतबीचको सन्धी एउटा देशको राजदूत र अर्को देशको प्रधानमन्त्रीले गरेकाले पनि यो सन्धी पुनरावलोकन गर्न जरुरी रहकाले आफ्नो पहिलो कार्यकालको दौरानमा भएको भारत भ्रमण समेत सो विषयमा कुरा उठाएको स्मरण गर्दै सो विषयलाई यस पटक पनि आफूले उठाएको र सो विषयमा दुबै देशले एउटा प्रबुद्ध समूह गठन गरेको र सो प्रबुद्ध समूहले अहिले पनि काम गरिरहेको र आगामी जुलाई सम्ममा काम पनि सक्ने पनि जानकारी दिए ।

नेपाली बैंकहरुमा रहेको भारतीय नोटकको विषय आफूले कुरा उठाए पनि भारतीय प्रधानमन्त्री मोदीले उक्त विषयमा ठोष जवाफ नदिएको बताउँदै प्रधानमन्त्री ओलीले एउटा ऊर्जा बैंकको स्थापना गरेर दुबै देशका आवश्यक समयमा विद्युत उपभोग गर्ने गरि व्यवस्था गर्ने तर्फ समेत आफूहरुबीच छलफल भएको तथा नेपाली एलपी ग्याँस बुलेटलाई भारतमा परेको समस्या, नेपाली मेडिकल काउन्सीलले दिएको मान्यतालाई भारतीय मेडिकल काउन्सीलले पनि मान्यता दिनु पर्ने विषयमा पनि भारतीय समकक्षी मोदीको ध्यनाकर्षण गराएको जानकारी दिंदै प्रधानमन्त्री ओलीले भने–‘यसपालिको भ्रमणका क्रममा कुनै पनि कुरा, कुनै शब्द र कुनै व्यवहारले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, आफ्ना मामिलामा आफै निर्णय गर्ने अधिकार तथा भौगोलिक अखण्डताको विषयमा हामीले कमजोर हुने गरि सम्झौता हुन दिएका छैनौँ, यस्को जिम्मेवारी लिन म तयार छु ।’

प्रधानमन्त्री ओलीले केही व्यक्तिहरुले भारतीय प्रधानमन्त्रीको स्वागत नै गर्न नहुने बताइरहे पनि नेपाल सबै देशका राष्ट्रप्रमुख वा कार्यकारीहरुलाई स्वागत तम्तयार रहेको पनि स्पष्ट पारेका छन् ।

251 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank