मैले बेसारको कुरा गर्दा केही विद्धानले मजाक बनाए: प्रधानमन्त्री ओली

आइतवार, असार ७, २०७७



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारबारे आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।  आइतबार विश्व योग दिवसको अवसरमा भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन ।

उनले भने, ‘मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाए ।’ ‘मेथी किन पड्काएको ?  सब्जीमा बेसार किन हालेको रु भनेर ती विद्धानले भान्सा तयार गर्नेलाई सोधुन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ उनले भने ।

प्राचीनकालदेखि योग र आयुर्वेद नेपाली समाजमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने,‘कस्तो बेला कुन प्रकारको योग आवश्यक हुन्छ भनेर गुरुहरुबाट सिक्नुपर्छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments