हामी फराकिलो भावनाका साथ अघि बढिरहेका छौं : प्रधानमन्त्री ओली

बुधबार, जेष्ठ २८, २०७७



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावना अनुकुल राष्ट्र अघि बढिरहेको बताएका छन । राष्ट्रियताको सवाल, भौगौलिक अखण्डाको सवाल, स्वाधिनता सवाल, भूमी माथिको न्यायोचित सवाल र भूमीमाथिको अधिकार प्राप्त गर्ने सवाल साझा भएको उल्लेख गरेका छन ।

बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने,हाम्रा पूर्खाले यो देश लडेर बनाएका हुन । लडेर बचाएका हुन । आज हामी अडे मात्रै हामी देशको भौगोलिक अखण्डता पूर्ण रुपमा स्थापित गर्न सकिन्छ ।

यो हामीले कसले जस लिने  ?  कसले देवत्वकरण लिने कुरा हैन । आफ्नै स्वेच्छाले खोज गरेका छन् । तथ्यहरु स्थापित गरेका छन् र, यसमा कसैले पाउला कि भन्ने चिन्ता गर्नु पर्दैन । कोही जसबाट छुट्ला कि भन्नु पर्दैन । यो हाम्रो संसदको सर्वसम्मतको निर्णय हुन्छ । सर्वसम्मत गरेपछि सबैका भोट, सबैका भावना एकै ठाउँमा समहित छ भन्ने प्रष्ट हुन्छ ।’यो सिंगो नेपालीको साझा भावना हाे। यो हाम्रो संसदको सर्वसम्मत निर्णय हुन्छ उनले भने ।

त्यसमा कसले बढि  कसले कम जस लिने भन्ने प्रश्न हुँदैन । हामी फराकिलो भावनाका साथ अघि बढिरहेका छौं । यो धेरै नै खुसीको कुरा हो । उनले सरकारले शक्ति केन्द्रित गर्न नखोजेको समेत प्रष्ट पारेका छन।

 प्रधानमन्त्री ओलीले  कोरोनाबाट अहिलेसम्म निधन भएका १५ जना सबै कोरोनाकै कारण मात्र मृत्यु नभएको बताए ।  नेपालमा देखिएका कुल संक्रमितमध्ये ८५ प्रतिशत भन्दा बढी संक्रमित भारतबाट आएको दाबी समेत गरे।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments