श्रम गर्नै नसक्नेलाई राहत दिऔं गर्न सक्नेलाई काम दिऔं-प्रधानमन्त्री ओली

सोमवार, जेष्ठ १२, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टको नाममा सम्बोधन गर्दै श्रम गर्नै नसक्नेलाई राहत दिऔं गर्न सक्नेलाई काम दिऔं भन्ने नारा अघि बढाएको बताएका छन ।

प्रधानमन्त्री  ओलीले  सम्बोधनमा कोरोनाका कारण निधन भएका परिवार प्रति गहिरो दुख व्यक्त गरेका छन । उनले काेराेना महामारीकाे विषम परिस्थितिलाई ध्यानमा राख्दै आवश्यक अवस्थामा बन्द रहेका होटलालाई क्वारेन्टाइन बनाउने योजना रहेको बताएका छन । क्वारेन्टाइनमा रहेको व्यक्तिलाई खानपानको उचित प्रवर्धन गरिने बताए ।  कोरोना महामारी विरुद्ध केन्द्रिय रणनीति एकद्वार प्रणाली लागू गरिने बताएका छन ।

 नेपाली विदेशमा भएका देशका    राष्ट्रप्रमुसँगनेपाली नागरिकका विषयमा  गम्भीर रुपमा कुरा गरेको र उहाँहरुले निचिन्ततीत रहन आश्वासन दिएकाे बताएका छन । सरकार आफ्ना नागरिक प्रति संवेदनशील रहेको बताए । उनले एक देशबाट अर्काे देशमा फर्कदा स्वास्थ्य जाँचको आवश्यकता अनिवार्य भएपनि भातले त्यसको पालना गरेका कारण नेपालमा कोरोना संक्रमण बढ्न सक्नेमा चिन्ता व्यक्त गरे । उनले विश्वव्यापी कोरोना फैलिरहेको बेला नेपालमा केहि व्यक्तिहरुले त्यसको पाइदा लिइरहेको बताए ।

उनले दुर शिक्षा प्रणाी मार्फत नयाँ शैक्षिक सत्र शुरु गरिने बताएका छन । खादय आयात घटाउने। स्वरोजगारका कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा जोडिएको बताए ।सामाजिक सुरक्षाको दायरा फराकिलो पार्ने बताए ।श्रम गर्नै नसक्नेलाई काम राहत दिऔं गर्न सक्नेलाई काम दिऔं भन्रे नारा अघि बढाएकाे बताएका छन ।

संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा पारिश्रमिक सहितको जनसहभागितामा प्रविधि सहितको विकास निर्माणका कार्यहरु स्थानीय तहमा सञ्चालन गरिने समेत आश्वासन दिएका छन ।

साथै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगर्तको रोजगार सेवा कार्यक्रमलाई श्रम बैंकको रुपमा अघि बढाइ सुचिकृत श्रमिकलाई रोजगार मुलक कार्यक्रममा अघि बढाइने बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments