आन्तरिक मामलामा हस्तक्षेप नगर्ने सहमती भएको छ : प्रधानमन्त्री ओली

आइतवार, बैशाख ३०, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको उपलब्धी बारेमाा जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले मोदी भ्रमण सफल भएको बताउँदै मोदी भ्रमण अगावै नेपालका पराराष्ट्र विज्ञ, पूर्व प्रधानमन्त्री लगायतका विज्ञसँग छलफल गरिएको जनाए ।

साथै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्तिका कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए । प्रधानमन्त्री ओलीले भने एक अर्काको आन्तरिक मामला हस्तेक्षप नगर्ने भन्ने बारेमा सहमती भएको छ ।

यस्तै भौगोलिक अखण्डातालाई सम्मान गर्दै राष्ट्रिय स्वाभिनतालाई सम्मान गर्ने, विगतमा गरिएका सहमती सम्झौताmलाई कार्यान्वयन गर्नुपर्ने, सम्झौता भएका विषयलाई ढिलालाई नगर्न सेक्टेम्बर अर्थात संविधान दिवसको अवसर पारेर विगतमा भएका सन्धि सम्झौतालाई कार्यन्यन गर्ने सहमती भएको जनाए । यस्तै उनले भारतीय प्रधानमन्त्री  मोदीको नेपाल भ्रमणका क्रममा थप ४ वटा रुट थप्न प्राविधिक तहको अध्ययन गर्न निर्देशन समेत भएको जनाएका छन् ।

काठमाडौं रक्सौल रेलबेका लागि दुई देशको संयूक्त टोली गठन गरि अध्ययन गरेर तत्काल सर्वेक्षण गर्ने भन्नेबारेमा सहमतीपत्रमा हस्ताक्षर भएको छ । असन्तुलन व्यापार घाटा न्युनिकरण गर्नका लागि चिया,कफी, जुट लगायतलाई निर्वात रुपमा भिारतीय बजारमा लिन पाउने सहमती भएको जनाएका छन् ।  उनले दुई पक्षिय व्यापार वढाउनका लागि समेत छलफल भएको बताए ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank