याे कुनै देशको आर्शिवादबाट बनेको देश हैन: प्रधानमन्त्री ओली

मङ्लबार, जेष्ठ ६, २०७७



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सार्वभौमसत्ता सम्पन्न,भौगोलिक अखण्डता भएको देश भएको बताए ।

सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्रहरूकाे जवाफ दिदै प्रधानमन्त्री ओलीले सानो देश भए पनि हामीले अवधारणगत हिसाब, वैचारिक हिसाबले अघि बढेकाले चिन्तित हैन खुसी हुनु पर्ने बताए । उनले नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा आवाज उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले तथाकथित भनेर नामकरण दिएको बताउँदै उनले नेपाल जस्तो देशले जो दुइटा ठुला, बलिया देशहरूको बिचमा रहेको दशेले कथा कथित राष्ट्रवाद अथवा लम्पसारवादको बाटो, अथवा राष्ट्रवाद नहुने बाटो समाउनु हुँदैन ।

राणा शासनकालको समाप्तिको लगत्तै उत्तरी चेकपोस्टमा एकापट्टिको छिमेकीको सेना अर्को पट्टी लगेर राख्ने खालको अशोभनीय, मन्त्रीपरिषद्को बैठकमा अर्को देशको राजदूत लगेर राख्नु पर्ने अवस्था त्यो परिकल्पना गर्न नसकिने स्थिति हुनुहुँदैन ।

साथै उनले भने मैले पहिले देखी भन्दै आएको छु । कुनै देशको भूगोल सानो या ठुलो होला, विकासमा अघि वा पछि हुनसक्छ । जनसङ्ख्या ठुलो हुनसक्छ ।तर राष्ट्रियता सानो वा ठुलो हुँदैन । सबै राष्ट्रहरू बराबरीको हैसियत राख्छन् । सबै राष्ट्रहरू स्वाधीनताको प्रयोग गर्न पाउनु पर्छ । आफ्ना निम्ति र आफूसँग सम्बन्धित वा विश्वसँग सम्बन्धित आफ्ना नीतिहरू आफूले तय गर्नु, आफूले प्रयोग गर्नु र अगाडि बढाउन पाउने पर्ने बताए ।

यो सरकारले नेपाली जनताले बनाएको हो। नेपाली जनताले बनाएको हो । यो सरकार कुनै देशको आर्शीवादले बनेको बन्ने टिक्ने ढल्ने ढालिने  हैन । यो नेपाली जनताको इच्छाले प्रकटि सरकार भएको बताए । प्रधानमन्त्री ओलीले भने, लिम्पियाधुरा, कालापानी लिपुलेक छोडिनेछैन। हाम्रो भूभाग हामी फिर्ता लिएर छोड्छौं। कोही रिसाउँछ भनेर चुप लागिँदैन।

लप्सीफेदी-रातामाटे-हेटौँडा र लप्सीफेदी-रातामाटे-दमौली-बुटवल प्रशारण लाइन निर्माणको योजना सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको बताएका छन् । जस्केलाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता छिराउन खोजिएको भनिएको छ, सके उसले बनाउँछ नसके अर्कोले बनाउँछ त्यति नभए हामी बनाउछौँ, ओलीले भने।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments