कोरोनाबाट मानवीय क्षति रोक्ने प्रयास थप सशक्त बन्ने छ : प्रधानमन्त्री ओली

आइतवार, जेष्ठ ४, २०७७



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने कुरालाई मध्यनजर गर्दै सरकार थप सशक्त रूपमा अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले ट्विट मार्फत भने, कोरोनाको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति बनेकी छन् ।

साथै प्रधानमन्त्री ओलीले  यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने उल्लेख गरेका छन् ।  हाल सम्म नेपालमा कोरोनाबाट २९१ जना सङ्क्रमित भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments