लिपुलेक प्रकरणका विषयमा साझा धारणा बनाउन प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

बुधबार, बैशाख ३१, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठकको आव्हान गरेका छन।

भारतीय अतिक्रमणका विषयमा साझा सवाल बनाउन प्रधानमन्त्री ओलीले बैठक आव्हान गरेका हुन । लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरेको सन्दर्भमा राष्ट्रिय एकता कायम गरेर भारतसँग वार्ता तथा दबाबका लागि प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सर्वदलीय बैठक आह्वान गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाले जानकारी दिएका छन ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुलाई समत बोलाइएको रिमालले बताएका छन । लिपुलेक हुँदै चीनको मानसरोबर जाने बाटो एकलौटी रुपमा निर्माण गरेसँगै नेपाल र भारतबीच बिबाद चर्किएको छ । सिमा अतिक्रमण र लिपुलेक कालापानीको समस्या सुल्झाउनका लागि प्रवुद्ध समिति बनेपनि हाल सम्म वार्ता हुन सकिरहेको छैन ।

त्यसको विषयमा साझा एजेन्डा र धारणा बनाउन आजको बैठकले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । भारतीय अतिक्रमणका बारेमा संसन र सडकमा विरोध भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments