अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दछु: प्रधानमन्त्री ओली

बिहिबार, बैशाख २५, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गरेका छन ।

२५६४ औं जन्मजयन्तिको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय बैशाख दिवस (द डे आफ भेसाक) का रुपमा मनाउने घोषणा गरेको स्मरण गरेका छन ।

उनले सिंगो विश्व कोरोना भाइरसको संक्रमण र महामारीबाट प्रभावित नभएको भए आज हामी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य आयोजना गरिरहेका हने थियौ भनेका छन । कोरोना महामारीका कारण नेपाल भ्रमण वर्ष २०२० को एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा लुम्बिनी चहलपहल हुन नसकेको बताएका छन ।

प्रधानमन्त्री ओलीद्वारा जारी शुभकामना जस्ताकाे त्यस्तै

p

p2

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments