सीमा नाकामा थप कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन

आइतवार, बैशाख २१, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा थप कडाई गर्न निर्देशन दिएका छन । आइतबार बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री ओलीले भारतीय सीमा नाकाबाट लुकिछिपी आउनेहरु नरोकिएको भन्दै थप कडाई गर्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिएका छन । नेपालमा गत चैत ११ गते देखी बैशाख २५ गते सम्मका लागि लकडाउन अपनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments