अध्यादेश फिर्ता लिने बारे प्रधानमन्त्रीद्वारा छलफल जारी

बिहिबार, बैशाख ११, २०७७



काठमाडौँ । सरकारले गत सोमबार जारी गरेका दुई वटा अध्यादेशबारे विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल र परामर्श जारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको चौतर्फी आलोचना भएपछि आफू निकट कानुन व्यवसायीसँग परामर्श गरेको स्रोतले जनाएको । त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल सँग पनि छलफल गरेका छन् । बिहीबार बिहानै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन् ।

अध्यक्ष प्रचण्डले नेताहरुको माग बमोजिम तत्काल स्थायी कमिटीको बैठक राख्न र विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई भनेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन सुझाव दिएका छन् ।नेताहरू सुझाव र दबाबका कारण प्रधानमन्त्री अध्यादेश लिन तयार भएकाे स्राेतले जनाएकाे छ ।

संविधानको धारा ११४ को उपधारा २ ख मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ । अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्ष दलहरूले तत्काल फिर्ता लिन दबाब दिइरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments