प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (हेर्नुहोस् लाइभ)

मङ्लबार, चैत्र २५, २०७६



कामठाडौं । प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गरिहेका छन । कोराना भाइरस महामारी पछि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका हुन ।

उनले कोरोनाको प्रभाव न्यूनिकरण गर्न आजबाट ८ दिन लकडाउन अपनाइएको बताएका छन । सातवटै प्रदेशबाट कोरोना परिक्षण भइरहेको बताएका छन । भारत सरकारसँग समन्वय गरी सिमानमा रहेका दुई हजार बढी नेपालीलाई उतै क्वारेनटाइनको व्यवस्था गरिएको जनाएका छन । उनले उनीहरुको परिक्षण पश्चात नेपालमा फर्काइने व्यवस्था गरिएको बताएका छन । प्रधामन्त्री ओलीले विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको बताएका छन। तत्काल क्वारेन्टाइनमा जानुस्। तपाईंका कारण परिवार, समुदाय र मुलुक नै जोखिममा पर्ने भएको छ उनले भने ।

नेपाली श्रमिक रहेका मुलुकहरुमा टेलिफोन सम्बाद गरेको बताएका छन । उनले संकटको घटीमा जहाँ छौं त्यहि सुरक्षित रहन आग्रह् गरेका छन।  नेपालले सिमित स्रोत साधनका बीच विदेशी नागरिकहरुको हेरचाह गर्ने बताएका छन । उनले आगामी दुई साता थप संकटको रुपमा रहने बताए ।

सम्बोधनका क्रममा उनले भने, समाजका सबै प्रतिक्रिया ,सामाजिक संञ्जालमा आएका टिकाटिप्पणी नियालिरहेको छु , बेमौसमी बाजा नबजाउन अनुरोध गर्दछु । सबै मिलेर संकटको सामना गरौं

अब लडाईको जित चिकित्सकहरुको सफलतामा रहने बताए । उनले कहिँ भष्ट्रचार देखिएमा सरकार निर्मता पूर्वक न्युनिकरण गर्नपछि नपर्ने बताएका छन ।

हेर्नुहाेस लाइभ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments