प्रधानमन्त्री ओली अस्पताल भर्ना

शुक्रबार, चैत्र १४, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन । प्रधानमन्त्रीको स्वास्थ्यमा  विहिबार रातीदेखी असहज स्थिति देखापर्दा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको मुटुको चालमा तल-माथि भएपछि उनलाई अस्पताल पुर्याइएको स्रोतले जनाएको छ । चिकित्सकहरुले आराम गर्न आग्रह गरेको भएता पनि आराम नगरी काममा खटिएका कारण प्रधानमन्त्रीको स्वास्थ्यमा असहज स्थिति देखा परेको जनाइएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments