म घरमै बसेर सरकार चलाइरहेको छु: प्रधानमन्त्री ओली

बुधबार, चैत्र १२, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट सुरक्षित रहन आग्रह गरेका छन । बुधबार साँझ टवीट गर्दै भनेका छन । हामी सबै लक डाउनमै छौं । सुरक्षित हुनुहोस । घरमा बस्नुहोस अर्काे घोषणा नहुँदा सम्म ।

म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाई पनि घरमै बस्नुहोस भन्दै उल्लेख गरेका छन । कोभिड- १९ देखा परेसँगै सरकारले एक हप्ताका लागि देशभर लगडाउन शुरु गरेको छ ।

हाल सम्म नेपालमा तीन जना कोभिड-१९ का संक्रमितहरु फेला परेका छन । सरकारले संक्रमितको उपचारका  लागि कोरोना कोष समेत स्थापना गरेको छ । यसको प्रकोप न्यूनिकरणका लागि सरकारले घर भित्र बस्न आव्हान गरेको छ ।

pm kp

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments