प्रधानमन्त्री ओलीलाई यसै हप्ता डिस्चार्ज गर्ने तयारी

सोमवार, फाल्गुन २६, २०७६



काठमाडौँ । दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसै हप्ता डिस्चार्ज गर्ने तयारी थालिएको छ ।  फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको भोलिपल्ट दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य बन्दै गएकाले उनलाई यसै हप्ता डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेम कृष्ण खड्गकाले भने,प्रधानमन्त्रीज्यूको यही क्रममा स्वास्थ्यमा सुधार आए केही दिनपछि डिस्चार्ज गर्न सकिन्छ । उहाँलाई बिहीबार वा शुक्रवारसम्ममा  डिस्चार्ज गर्न सकिन्छ  ।

 प्रधानमन्त्री हिँडडुल गर्न सक्ने र आफैँले खानेकुरा खान थालेका छन । प्रधानमन्त्री ओलीको भान्जी नाता पर्ने समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन । साथै सङ्ग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेकाले एकसाथ डिस्चार्ज गर्ने तयारी थालेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments