सरकारकाे काम विकास गर्ने हो : प्रधानमन्त्री ओली

आइतवार, फाल्गुन ११, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तिब्र गतिका साथ जनतालाई सुख सुविधा उपलब्ध गर्न लागि परेको उद्घोष गरेका छन ।  आइतबार पाँचथरमा पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार जनताको सहुलियतका लागि तिब्र रुपमा लागि परेको बताए ।

उनले भने, हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो । पूर्वी नेपालमा ठूला सडक आयोजना सहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै प्रधानमन्त्री ओलीले विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुराहरुसँग जनताको सुखसुविधा जोडिएको बताए । उनले भने, यिनै कुरामा हाम्रो ध्यान गएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments