समृद्धिको यात्रा अवरोध गर्नेलाई परास्त गर्दै अघि बढ्छौँ: प्रधानमन्त्री ओली

बुधबार, फाल्गुन ७, २०७६



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रा रोक्न खोजेको गुनासो गरेका छन् ।  बुधवार ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार समृद्धिको दिशामा अघि बढेको भए पनि अवरोध गर्ने र बाधा गर्ने काम भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले  भने, ‘सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ । उनले ‘दिगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकाङ्क्षा पूरा हुने दाबी गरे ।  ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानपूर्ण सङ्घर्षबाट इतिहासमा अङ्कित गौरवमय दिन भएको बताए । साथै उनले बलिदान गर्नुहुने अमर शहीदहरूमा हार्दिक श्रद्धा सुमन व्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments