बुद्धिजीवीको बौद्धिकता देख्दा दया लाग्छ: प्रधानमन्त्री ओली

सोमवार, फाल्गुन ५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास निर्माणको कार्यलाई सञ्चार माध्यमले प्राथमिकता नदिएको भन्दै गुनासो गरेका छन ।  सोमबार काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रविधिको सुरूआत भएको समाचार दिनुको सट्टा केही सञ्चार माध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार दिने गरेकाे बताए।

उनले भने, ‘कुनै कुनै सञ्चार माध्यमले भोलि पनि बाँसुरी बजाएको न्युज दिन्छन् । दया लाग्छ । देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ । कुनै कुनै भन्ने शब्द प्रयोग ग¥या छु । कुनै कुनै भन्ने शब्द बिर्सन्छन् । अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन् ।’उनले आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले देखेँ, एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् ।  प्लिज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे। अनि मलाई चाहिँ यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक होइन । देश विकास आग्रह पुर्वाग्रहको विषय होइन । यो साझा अभिभारा हो । साझा कर्तव्य हो । हामी विकास गरिरहेका छौ भने खुसी हुनुपर्ने । तुइन विस्थापित भएकोमा रुवाबासी छ । अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुईवटा तुईन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुख गरेको होला भन्दै प्रश्न गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments