प्रधानमन्त्रीको सम्बोधन स्थगित

शुक्रबार, फाल्गुन २, २०७६



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज  गर्ने भनिएकाे संसद् सम्बोधन स्थगित भएको छ । नेपाली काँग्रेसबाट प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचित रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि संसद् बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओलीले शुक्रवार  सरकारको दुई वर्ष कार्यकाल पुगेको अवसरमा संसद् बैठकलाई सम्बोधन गर्न लागेका थिए । राष्ट्रिय सभा सदस्य उपाध्यायका निधन भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् बैठक स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा पुगेको थियो ।

surya thapa

प्रधानमन्त्री ओलीले शनिवार ११ बजे बस्ने संसद् बैठक मार्फत सरकारको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

याे पनि पढ्नुहाेस

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments