वैचारिक स्पष्टता विना हामी गन्तव्यमा पुग्न सक्दैनौ: प्रधानमन्त्री ओली

बुधबार, माघ १५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी वैचारिक स्पष्टता विना अघि बढ्न नसक्ने बताएका छन ।  सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्पष्ट वैचारिक विना गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे ।

उनले त्यसका लागि नेकपाका नेता कार्यकताले अध्ययनमा ध्यान दिनु पर्ने उल्लेख गरेका छन । प्रधानमन्त्री ओलीले भने, हामी आइडोलोजिको चपेटामा छौं । त्यसबाट हच्कीने हैन । व्यवहार र तर्कबाट परास्त गर्नुपर्छ ।  आदर्श र गन्तव्यमा कसरी पुग्न सकिन्छ भन्ने कुरा यथार्थतबाट अगाडि बढ्न सुझााव दिए । हाम्रा नीति, सिद्धान्त जसले जनतालाई भ्रमित र तर्सित नबनाई सचेत र स्पष्ट बनाउनु पर्ने उल्लेख गरे ।

प्रधानमनत्री ओलीले क्रान्तिकारी कुराले मात्र जनताले नपत्याउने समेत बताएका छन । सरकारले केहि गरेन भन्नु भन्दा पनि उनले थुप्रै सूचकहरुमा नेपालले प्रगति गरेको उल्लेख गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments