विपद् न्यूनीकरणका दिशामा सरकार अग्रसर छ: प्रधानमन्त्री ओली

बिहिबार, माघ २, २०७६



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मूलक निर्माणको अभियानमा रहेको दाबी गरेका छन् । बिहीबार २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना मार्फत प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गरे ।

शुभकामना सन्देश मार्फत प्रधानमन्त्री ओलीले भनेका छन । “हामीले राज्य संरचनाका अङ्गहरूमा मात्र विपद् व्यवस्थापनका पक्षलाई सबल बनाएर मात्र पुग्दैन । समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउन जरुरी छ ।  त्यसका लागि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेका छौँ” ।

०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनः निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात् गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर भएको उल्लेख गरे ।  जन समुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा त्यसबाट हुने धनजनको क्षतिसम्बन्धी दुखद अनुभवलाई विस्मृतिमा जान नदिने उद्देश्य रहेको प्रस्ट पारेका छन् ।  उनले भूकम्पपछि ढलेको समाजको मनोबल उठ्ला त भन्ने प्रश्नलाई कामद्वारा नै सम्बोधन गरिरहेका उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments